Rule 31A
सम्वत २०६४ सालको मतदाता नामावलीलाई आधार मान्ने सम्बन्धी व्यवस्था
(१) सम्वत् २०६४ सालको संविधान सभा सदस्यको निर्वाचनको मतदाता नामावलीमा नाम रही प्रचलित कानून बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको तर नियम ९ बमोजिमको फोटोसहितको मतदाता नाम समावेश नभएको नेपाली नागरिकले ऐन तथा यस नियमावलीको कार्यविधि पूरा गरी मतदाता नामावलीमा आफनो नाम दर्ता गराउन सक्नेछ ।
(२) सम्बत २०६४ सालको संविधान सभा सदस्यको निर्वाचनको मतदाता नामावलीमा नाम रहेको तर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नगरेको नेपाली नागरिकले प्रचलित कानूनबमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरी ऐन तथा यस नियमावलीको कार्यविधि पूरा गरी मतदाता नामावलीमा आफनो नाम दर्ता गराउन सक्नेछ ।
(३) सम्बत २०६४ सालको संविधान सभा सदस्यको निर्वाचनको मतदाता नामावलीमा नाम रही प्रचलित कानूनबमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नगरेको तर ऐेनबमोजिम मतदाता हुन योग्य नेपाली नागरिकले मतदाता नामावलीमा मतदाताको रुपमा समावेश हुनको लागि नाम दर्ता अधिकारीसमक्ष अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन पेश गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिमको निवेदनको साथमा निवेदकले अनुसूची–१३ बमोजिमको परिचयपत्र वा अनुसूची–१४ बमोजिमको सिफारिस संलग्न गर्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिमको निवेदन प्राप्त भएमा नाम दर्ता अधिकारीले त्यस्तो निवेदन दर्ता गरी निवेदकलाई अनुसूची—५ बमोजिमको व्यक्तिगत विवरण सङ्कलन फाराम भर्न लगाउनेछ ।
(६) उपनियम (५) बमोजिमको फाराम भरिसकेपछि नाम दर्ता अधिकारीले निवेदकको औंला छाप लिइ र आयोगले निर्धारण गरेबमोजिमको फोटो खिची निजको नाम तथा अन्य विवरण , औंला छाप र फोटो कमप्युटर प्रविष्ट गराउनेछ ।
(७) नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिमको निवेदन, सो निवेदनसाथ संलग्न कागजात, उपनियम (५) बमोजिमको फाराम र उपनियम (६) बमोजिमको कमप्युटर प्रविष्टि विवरण सुरक्षित रुपमा प्रमुख नाम दर्ता अधिकारीसमक्ष वुझाउनेछ ।
(८) उप नियम (७) बमोजिमको निवेदन,कागजात,फाराम र कमप्युटर प्रविष्टि विवरण प्राप्त भएपछि प्रमुख नाम दर्ता अधिकारीले सो सम्बन्धमा जाँचबुझ गर्नेछ र सो प्रयोजनको लागि कुनै थप लिखत आवश्यक देखिएमा त्यस्तो लिखत पेश गर्न अवधि तोकी सोको सूचना सम्बन्धित निवेदकलाई दिनेछ । त्यसरी सूचना दिन नसकिएमा प्रमुख नाम दर्ता अधिकारीले त्यस्तो सूचना आफनो कार्यालयको सूचना पाटीमा टाँस गर्नेछ
(९) उपनियम (८) बमोजिम जाँचवुझ गर्नको लागि प्रमुख नाम दर्ता अधिकारीले जिल्ला स्थित नेपाल सरकारको कुनै कार्यालय वा अधिकारीको सहयोग माँग गर्न सक्नेछ र त्यसरी माग गरेको सहयोग प्रदान गर्नु त्यस्तो कार्यालय वा अधिकारीको कर्तव्य हुनेछ ।
(१०)उपनियम (९) बमोजिम जाँचबुुझ भएपछि प्रमुख नाम दर्ता अधिकारीले अनुसूची—२ बमोजिमको ढाँचामा मतदाता नामावली तयार गर्नेछ ।
(११) उपनियम (१०) बमोजिमको मतदाता नामावली ऐन र यस नियमावलीबमोजिमको दावी विरोध तथा त्रुटि सच्याउने प्रयोजनको लागि आयोगले तोकिदिएको अबधिभित्र प्रमुख नाम दर्ता अधिकारीले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको बडामा र आफनो कार्यालयमा प्रकाशन गरी नियम ३२ को उपनियम (३) मा उल्लिखित कार्यालयमा समेत टाँस गर्न लगाउनु पर्नेछ ।
(१२)उपनियम (११) बमोजिम मतदाता नामावली प्रकाशन भएपछि सो नामावलीमा रहेका व्यक्ति मतदाताको रुपमा दर्ता हुनको लागि ऐनबमोजिम योग्य भए नभएको कुरा यकिन गर्नको लागि नाम दर्ता अधिकारीले आयोगले तोकिदिएको अबधिभित्र “निर्वाचन आयोग (मतदाता नामावली सङ्कलन तथा कार्यक्रम) निर्देशिका, २०६८” बमोजिम गठन भएको स्थानीय सहयोग, समन्वय तथा अनुगमन समितिसमक्ष पेश गर्नेछ । सो समितिले आवश्यक देखेमा सम्बन्धित व्यक्तिलाई कुनै कुरा प्रष्ट पार्न वा कुनै
लिखत वा प्रमाण पेश गर्न लगाउन सक्नेछ ।
(१३) नाम दर्ता अधिकारीले उपनियम (१२) बमोजिमको समितिबाट मतदाताको रुपमा दर्ता हुन ऐनबमोजिम योग्य भएको भनी यकिन भएका व्यक्तिको नाम सो उपनियमबमोजिमको नामावलीमा कायम राखी अन्य व्यक्तिको नाम सो नामावलीबाट हटाउनेछ ।
(१४)उपनियम (१३) बमोजिमको मतदाता नामावली नाम दर्ता अधिकारीले प्रमुख नाम दर्ता अधिकारीसमक्ष पठाउनेछ ।
(१५) उपनियम (१४) बमोजिमको नामावली प्राप्त भएपछि प्रमुख नाम दर्ता अधिकारीले सो नामावलीमा रहेका व्यक्ति ऐनबमोजिम मतदाता हुन योग्य भए नभएको यकिन गर्नको लागि सो नामावली र उपनियम (३) बमोजिमको निवेदन तथा कागजात, उपनियम (५) बमोजिमको विवरण फाराम , उपनियम (६) बमोजिमको कमप्युटर प्रविष्टि विवरण समेत आयोगले तोकिदिएको अबधिभित्र “निर्वाचन आयोग (मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम) निर्देशिका, २०६८” बमोजिम गठन भएकोध
जिल्लास्तरीय सहयोग, समन्वय तथा अनुगमन समितिसमक्ष पेश गर्नेछ । सो समितिले आवश्यक देखेमा सम्बन्धित व्यक्तिलाई कुनै कुरा प्रष्ट पार्न वा कुनै लिखत वा प्रमाण पेश गर्न लगाउन सक्नेछ ।
(१६) उपनियम (११) बमोजिम दावी विरोध र त्रुटि सच्याउने कार्यविधि पूरा भएपछि र उपनियम (१५) बमोजिमको समितिबाट मतदाता नामावलीमा रहन योग्य व्यक्ति यकिन भएपछि प्रमुख नाम दर्ता अधिकारीले ऐन तथा यस नियमावलीबमोजिमको प्रकृया पूरा गरीे अन्तिम मतदाता नामावली तयार गर्नेछ र सो नामावली नियम ३० को प्रयोजनको लागि आयोगमा पठाउनेछ ।
(१७)नियम ३० बमोजिम मतदाता नामावलीको प्रति तयार गर्दा यस नियमबमोजिम तयार भएको मतदाता नामावलीमा कुनै व्यक्तिको नाम ऐनबमोजिम मतदाताको रुपमा दर्ता हुन योग्य नभएको कारणले वा अन्य कुनै कारणले रहन नह्ुने भएमा आयोगले सोको कारण खुलाई त्यस्तो नाम हटाउनेछ ।
(१८)यस नियम बमोजिम तयार भएको मतदाता नामावली सम्वन्धित गाउँ विकास समिति/नगरपालिकाको वडाको थप मतदाता नामावलीको रुपमा छुट्टै रहनेछ ।